२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

जसपाले संगठन विस्तार गर्दै

मंगलवार , श्रावण १३, २०७७

भैरहवा, १३ साउन ।
राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकीकरण भएपछि बनेको जनता समाजवादी पार्टी (जसपा) नेपाल रुपन्देही क्षेत्र नम्बर १ ले संगठन विस्तार अभियानलाई तीव्रता दिने भएको छ । 

मंगलबार रुपन्देहीको रोहिणी गाउँपालिका–३ धकधईमा सम्पन्न जसपा क्षेत्र नम्बर १ क्षेत्रीय समन्वय समितिले आयोजना गरेको भेटघाट कार्यक्रमले क्षेत्र नम्बर १ अन्तर्गतका स्थानीय तहहरुमा संगठन विस्तार अभियानलाई तीव्रता दिने निर्णय गरेको हो ।

रजसपाका नेता पञ्जावी यादवको अध्यक्षता तथा केन्द्रीय सदस्य देवेन्द्र पाण्डे ‘सागर’को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संगठनलाई बलियो बनाउन पार्टीका नेता तथा कार्यकर्ताहरु अभियानलाई सफल बनाउन लाग्ने निर्णय भएको पार्टीका युवा नेता विद्या यादवले खबरपात्रोलाई बताए ।