२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

विद्यार्थीले बनाए स्मार्ट सोलार

बिहिवार , पौष ७, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • बुटवल ,पुस ७। घाम लागेको बेलामा सोलार प्यानलले काम गर्ने तर घाम छेकिदा ब्याट्री चार्ज नभएर सौर्य विध्युत प्रयोग गर्न नपाउने समस्याले सौर्य विद्युत उपभोक्ताहरु पीडित रहदै आएका छन । यो समस्यालाई समाधान गर्नका लागि कालिका मानवज्ञान माबिमा विज्ञान विषय पढ्ने विद्यार्थीहरुले स्मार्ट सोलार यन्त्र तयार गरेका छन ।

    कक्षा ११ र १२ मा अध्य्यनरत विद्यार्थीहरुले बनाएको स्मार्ट सोलार प्रणालीमा जडित सोलार पाता प्रकाश पर्ने दिशामा स्वचालित रुपमा घुम्ने गर्छ । जुन दिशाबाट बढी प्रकाश आउछ त्यही दिशामा सोलार पाता फर्कने भएकोले सौर्य ब्याट्री बढी चार्ज हुन पाउने र उपभोक्ताहरुले निर्वाध रुपमा सौर्य  विद्युत उपभोग गर्न पाउने भएकोले यस्तो यन्त्रको प्रवर्द्धन गर्नुपर्ने विद्यार्थी सन्दिप वस्तिले बताए । विज्ञानका विद्यार्थीहरु सन्दिप वस्ती, सफल अर्याल, बिपिन रिमाल, करुणा भुसाल र अनुज पोख्रेलको समुहले यो यन्त्र बनाएको हो ।

    घरायसी प्रयोगको लागि यो यन्त्र सोलार सिस्टम बाहेक थप दस हजार रुपैयाँमा तयार गर्न सकिने उनिहरुको बनाई छ । कालिका मानवज्ञान माबिको ६२ औं वार्षिकोत्सबको अवसरमा आयोजना गरिएको विज्ञान प्रदर्शनीमा स्मार्ट सोलार सिस्टम प्रदर्शन गरिएको थियो । यस प्रदर्शनीमा विद्यार्थीहरुले आफुले बनाएका सय भन्दा बढी  सामग्रीहरु प्रस्तुत गरेका थिए ।