images

शुक्रवार, बैशाख १४ गते २०८१

चार्ल्स शोभराज भोली जेलबाट छुट्ने

चार्ल्स शोभराज भोली जेलबाट छुट्ने

images
images
images
बिहिवार, पौष ७ २०७९
बिहिवार, पौष ७ २०७९
  • चार्ल्स शोभराज भोली जेलबाट  छुट्ने

    काठमाडौं, ७ पुस । कुख्यात अपराधी चार्ल्स सोभराज सुनधारस्थित केन्द्रीय कारागारबाट शुक्रबार छुट्ने भएका छन् । बुधबार सर्वोच्च अदाललते दिएको आदेशअनुसार उनी भोली जेलमुक्त भएका हुन् ।

    images

    शोभराजलाई अध्यागमन विभागको जिम्मा लगाइने र अध्यागमनले स्वदेश फिर्तीको प्रक्रिया सुरु गर्ने बताइएको छ । आज छुटन उनले नमानेपछि भोलि अध्यागमन लैजाइने भएको हो ।

    सर्वोच्चले उनलाई १५ दिनभित्र आफ्नै देश फ्रान्स पठाउन भनेको छ । बुधबार सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले १० महिना कैद छुट दिँदै उनलाई थुनामुक्त गर्न बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरेको हो ।

    जेलमा रहेको ६५ वर्षभन्दा माथि उमेर भएका जेष्ठ नागरिकले ७५ प्रतिशतभन्दा बढी सजाय काटिसकेको अवस्थामा कैद सजाय छुट दिन सकिने व्यवस्था छ । शोभराजले २०३२ सालमा जबरजस्ती करणी गरी दुई विदेशी नागरिकलाई हत्या गरेको अभियोगमा भक्तपुर जिल्ला अदाललते २०६० असोज २ गतेदेखि २०८० असोज १ गतेसम्म कैदमा राख्न आदेश दिएको थियो । न्युज कारखाना

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij