२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

महिनावारी स्वच्छतासम्बन्धी सचेतना तथा सेनेटरी प्याड वितरण

शुक्रवार , पौष ८, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • भैरहवा, ८ पुस ।
    लायन्स क्लब अफ भैरहवा ग्रीन सिटी र रुपन्देही क्याम्पस सिद्धार्थनगरको संयुक्त आयोजनामा शुक्रबार महिनावारी स्वच्छतासम्बन्धी सचेतना तथा सेनेटरी प्याड वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रुपन्देही क्याम्पसका क्याम्पस प्रमुख लक्ष्मण ज्ञवालीले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताए ।

    कार्यक्रममा क्याम्पसमा स्नातक तहमा अध्ययनरत १ सय जना छात्राहरुको सहभागीता रहेको क्लबका अध्यक्ष श्री रायमाझीले बताए । उनले रुपन्देही क्याम्पससँग आगामी दिनमा पनि सहकार्य गर्दै कार्यक्रम आयोजना गरिने बताए ।

    लायन्स भैरहवा ग्रीन सिटीका अध्यक्ष श्री रायमाझीको अध्यक्षता, रुपन्देही क्याम्पसकी शिशिका मधु शर्माको स्वागत तथा क्लबकी सचिव विना पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख पार्थिवेन्द्र उपाध्याय, क्याम्पसकी हेल्थ डेस्क प्रमुख डा. नम्रता चौधरी लगायतले बोलेका थिए ।