
शुक्रवार , पौष ८, २०७९
भैरहवा, ८ पुस ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भैरहवा बहुमुखी क्याम्पस इकाई कमिटीले संगठन विस्तार तथा परिचयपत्र वितरण अभियान सञ्चालन गरेको छ ।
सोही अभियानअन्तर्गत बिहीबार स्नातक तह (बी.बी.एस.) प्रथम वर्ष सेक्सन ‘ए’ मा पुजा गुप्ताको अध्यक्षतामा ३१ सदस्यीय सेक्सन कमिटी गठन गरिएको अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस इकाई कमिटीका अध्यक्ष सागर न्यौपानेले बताए । त्यस्तै सेक्सन बी मा रोहित गुप्ताको अध्यक्षतामा २५ सदस्यीय सेक्सन कमिटी गठन गरिएको अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस इकाई कमिटीका सचिव आशिष पन्तले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij