२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

लुम्बिनी वल्र्ड स्कूलमा दुईदिने शैक्षिक महोत्सव सम्पन्न

शनिवार , पौष ९, २०७९

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा, ९ पुस ।
    लुम्बिनी वल्र्ड स्कूल तिलोत्तमा नगरपालिका–१३, मधवलिया, रुपन्देहीमा बिहीबार र शुक्रबार गरी दुईदिने शैक्षिक महोत्सव सम्पन्न भएको छ । विद्यालय प्रांगणमा आयोजना गरिएको कार्यक्रममा कक्षा १ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

    महोत्सवमा विद्यार्थीहरुले अन्तर–सदनात्मक शिक्षासम्बन्धी विविध प्रतियोगितामा आ–आफ्नो अन्तरनीहित क्षमता प्रस्तुत गरेको विद्यालयले जनाएको छ ।

    प्रतियोगिताअन्तर्गत नेपाली, अंग्रेजी, गणित र विज्ञानसँग सम्बन्धित हाजिरीजवाफ, वादविवाद, प्रश्नोत्तर, सामान्य ज्ञान, वक्तृत्वकला तथा सुडोकु लगायत विभिन्न शैक्षिक कार्यक्रम सम्पन्न भएको थियो । प्रतियोगिताहरु अंग्रेजी र नेपाली माध्यममा सञ्चालन गरिएको महोत्सवका संयोजक तथा सह–प्राचार्य रमेशमणि सुवेदीले बताए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका सहभागी उत्कृष्ट विद्यार्थी र सदनलाई मेडल र प्रमाणपत्र वितरण गरिने सुवेदीले जानकारी दिए । 

    विद्यालयका प्राचार्य विष्णु प्रसाद ढकालले विद्यालयमा अहोरात्र खटेर अध्ययन, अनुसन्धान र उमेर समूहअनुसारको बालबालिकाहरुलाई मिल्ने योजनाहरु निर्माण गरिरहनुभएका सम्पूर्ण शिक्षक–शिक्षिका र विद्यालय परिवारलाई धन्यवाद दिए ।
    त्यस्तै विद्यालयका शैक्षिक निर्देशक डा. मिन प्रसाद खनाल, सह–प्राचार्य लजिता शर्माले विद्यालयको यस्ता किसिमका कार्यक्रमहरुबाट विद्यार्थीहरुको सर्वाङ्गीण विकासमा टेवा पुग्ने बताए । 

    MicrosoftTeams-image (70).png