२०८२, श्रावण २५ गते

Aug 10 2025 | २०८२, श्रावण २५ गते

पूर्व क्षेत्रीय सदस्यको निधनमा कांग्रेस रुपन्देही–३ द्वारा शोकसभा

आइतवार , पौष १०, २०७९

भैरहवा, १० पुस ।
नेपाली कांग्रेस क्षेत्र नम्बर ३, रूपन्देहीको आयोजनामा कांग्रेस पूर्व क्षेत्रीय सदस्य, पार्टीका सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का पूर्व वडा सभापति तथा हाल क्षेत्रीय प्रतिनिधि श्री मोहन कुमार थापाको निधनमा शोकसभा सम्पन्न भएको छ । ६७ वर्षको उमेरमा निधन भएको थापाको नवौं दिनको पूण्यतिथिमा कांग्रेस रुपन्देही–३ ले सिद्धार्थनगर–२ स्थित मेउडिहवामा शोकसभा गरेको हो ।

कार्यक्रममा स्वर्गीय थापा राजनीतिक व्यक्तित्व मात्र नभएर उनको सामाजिक, शिक्षाप्रेमी, विकासप्रेमी तथा सहकारी क्षेत्रमा समेत अग्रणी भूमिका रहेको भन्दै मृत आत्माको वैकुण्ठवास तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको थियो । 

कांग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति तथा युवा नेता सुशील गुरुङको सभापतित्व तथा पार्टीका केन्द्रीय सदस्य गंगा शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्षेत्र नम्बर ३ का कोषाध्यक्ष कृष्ण खनाल, सह–सचिव कुल प्रसाद न्यौपाने, प्रदेश सचिव याम बहादुर थापा, नगर उपसभापति किरण घिमिरे, नग रसचिव अनिल कुमार के.सी., वडा नम्बर २ का सभापति भिम बहादुर दगामी, क्षेत्रीय सदस्य रमेश मल्ल, वृज नारायण यादव, तेजेन्द्र गुरुङ, संजिव गुरुङ, कुलेन्द्र श्रेष्ठ, नरेन्द्र विक्रम शाह, विरेन्द्र कहार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव लेखनाथ भट्टराईले गरेका थिए ।