images

शुक्रवार, बैशाख १४ गते २०८१

गायक प्रमोद खरेलले ल्याए ‘जसको दिलमा’

गायक प्रमोद खरेलले ल्याए ‘जसको दिलमा’

images
images
images
सोमवार, पौष ११ २०७९
सोमवार, पौष ११ २०७९
  • गायक प्रमोद खरेलले ल्याए ‘जसको दिलमा’

    काठमाडौं, ११ पुस ।

    images

    लोकप्रिय गायक प्रमोद खरेलले ‘जसको दिलमा’  बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् ।  सुनिल बिसीको शब्द सृजना तथा संगीतमा तयार सार्वजनिक गीतमा साँचो माया गर्दा पनि सफल हुन नसकेको एक जोडीको विरहको प्रेम गाथालाई देखाइएको छ । माया, प्रेम, रोमान्स र विरहले भरिएको जसको दिलमा त्रिकोणत्मक प्रेम कथामा आधारित छ ।

    जसमा दिनेश कठायत काजी, मनिषा गिरी र प्रकाश खड्काको अभिनय देख्न सकिन्छ । निर्देशक बिक्रम चौहानको निर्देशनमा तयार भएको भिडियोमा मिलन विश्वकर्माको सम्पादन र कलर रहेको छ भने प्रकाश खड्काको छायांकन रहेको छ । 

    सार्वजनिक गीतका निर्माता हुन् गायक सुवास पुरी । गायक पुरीको ‘कुरा काट्ने मान्छेले काटुन्’ बोलको गीतले औधी चर्चा बटुलेको थियो । भिडियो गायक पुरीकै अफिसियल च्यानल म्युजिक जक्सनबाट बजारमा आएको हो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij