सोमवार , पौष ११, २०७९
काठमाडौं, ११ पुस । सत्ता गठबन्धनको बैठक सुरु भएको छ । केही बेरअघि संसद् भवनमा सुरु भएको बैठकमा मन्त्रालय भागबण्डाबारे छलफल भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री दाहालसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष सिके राउत, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई लगायतका गठबन्धनका नेताहरूको सहभागिता छ ।
आज साँझ ५ बजे नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूले शपथ लिँदैछन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij