२०८२, श्रावण २५ गते

Aug 10 2025 | २०८२, श्रावण २५ गते

लोसपा लुम्बिनी संसदीय दलको नेतामा सन्तोष पाण्डेय सर्वसम्मत

उपनेतामा बनिया र प्रमुख सचेतकमा केसी

सोमवार , पौष ११, २०७९

भैरहवा, ११ पुस ।

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) लुम्बिनी प्रदेश संसदीय दलको नेतामा सन्तोष कुमार पाण्डेय सर्वसम्मत चयन भएका छन् । सोमबार लोसपा लुम्बिनी प्रदेशका संयोजक तथा प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेयको अध्यक्षतामा बसेको बैठकले पाण्डेयलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको पार्टीका लुम्बिनी प्रदेश कार्यकारिणी सदस्य मोहम्मद इस्लामले बताए । पाण्डेय रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । उनी लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत हुन् ।

त्यस्तै संसदीय दलको उपनेतामा रुपन्देही क्षेत्र नम्बर ४ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य तथा युवा नेता कन्हैया बनिया चयन चयन भएका छन् । त्यसै गरी संसदीय दलको प्रमुख सचेतकमा प्रदेश सभा सदस्य हेमा बेल्बासे के.सी. चयन चयन भएकी छन् । उनी समानुपातिक सांसद हुन् ।  लुम्बिनी प्रदेशमा लोसपाबाट निर्वाचित तीन जना सांसद छन् ।