
बिहिवार , पौष १४, २०७९
भैरहवा, १४ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा आशिष कुमार चौधरीलाई चयन गरेको छ । संसदीय दलको बैठकले चौधरीलाई दलको नेता चयन गरेको हो । उनी रुपन्देही क्षेत्र नम्बर १ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।
संसदीय दलको प्रमुख सचेतक र सचेतकको निर्णय हुन बाँकी रहेको युवा नेता चौधरीले बताए । राप्रपाबाट प्रत्यक्षमा चौधरीसहित कपिलवस्तुबाट जानकी प्रसाद यादव तथा समानुपातिकतर्फ बाँकेबाट मिना कुमारी श्रेष्ठ र गुल्मीबाट मेनुका खाँण ठकुरी निर्वाचित भएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij