२०८३, बैशाख २१ गते

May 04 2026 | २०८३, बैशाख २१ गते

पन्त र ढुंगानासहित १५ जना पत्रकार सम्मानित

बिहिवार , पौष १४, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • भैरहवा, १४ पुस ।
    लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आफ्नो सातौं स्थापना दिवसको अवसर पारेर पत्रकारहरुलाई सम्मान गरेको छ ।रुपन्देहीको पत्रकारिता क्षेत्रमा योगदान पुर्याएको भन्दै क्लबले १५ जना पत्रकारहरुलाई सम्मान गरेको हो ।

    बिहीबार क्लबले लुम्बिनी प्रेस रत्न–२०७९ बाट अग्रज पत्रकार तथा क्लबका पूर्व सल्लाहकार चेतन पन्तलाई सम्मान गरेको हो । उनलाई नगद २५ हजारसहित सम्मान गरिएको क्लबले जनाएको छ । 

    त्यस्तै प्रेसिडेन्टियल अवार्ड–२०७९ बाट क्लबका संस्थापक अध्यक्ष तथा सल्लाहकार माधव ढुंगानालाई सम्मान गरिएको छ । उनलाई नगद ११ हजारसहित सम्मान गरिएको हो ।

    त्यसै गरी लुम्बिनी प्रेस सम्मान–२०७९ बाट पत्रकार नारायण प्रसाद सापकोटा, दिलिप भट्टराई, रामेश्वर भट्ट, गोविन्द बन्धु अर्याल, नारायण ज्ञवाली, शम्भु शर्मा, कुलमणि ज्ञवाली, गोविन्दराज पाण्डे, राजु पौडेल, प्रख्यात बन्जाडे, दीपेश पछाई, देवी प्रसाद पाण्डे र करुणानिधि शर्मालाई सम्मान गरिएको क्लबका सचिव शंकर प्रसाद पाण्डेले बताए ।

    त्यस्तै क्लबले स्थापना दिवसको पूर्व संध्यामा आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदान गर्ने रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गरिएको कोषाध्यक्ष प्रकाश न्यौपानेले बताए ।