
बुधवार , श्रावण १४, २०७७
भैरहवा, १४ साउन ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) रुपन्देही क्षेत्र नम्बर १ ले संगठन विस्तारलाई तीव्रता दिएको छ । सोही क्रममा बुधबार ओमसतिया गाउँपालिका वडा नम्बर ६ नरैनापुरमा टोल कमिटी गठन गरिएको पार्टीका युवा नेता विद्या यादवले बताए ।
रबिन्द्र हरिजनको अध्यक्षतामा गठन भएको ५१ सदस्यीय टोल कमिटीको उपाध्यक्षमा उमेश चौधरी, अजिमुल्लाह पठान, महेश हरिजन, रामअवध पाल, रामकुमार धवल, सचिवमा गणेश अग्रहरी, कोषाध्यक्षमा पिन्टु वनिया र सह–सचिवमा प्रकाश यादव रहेका छन् ।
सो अवसरमा बोल्दै जसपाका केन्द्रीय सदस्य देवेन्द्र पाण्डे (सागर)ले उत्पीडित समुदायको आवाज उठाउने पार्टी जसपा नै रहेको दावी गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij