२०८२, श्रावण २८ गते

Aug 13 2025 | २०८२, श्रावण २८ गते

को हुन लुम्बिनी प्रदेश सभा पहिलो अधिवेशनको अध्यक्षता गर्ने डिल्लीराज ?

सोमवार , पौष १८, २०७९

दाङ, १८ पुस ।
लुम्बिनी प्रदेश सभा पहिलो अधिवेशनको अध्यक्षता ६९ वर्षिय डिल्लीराज भुसालले गर्ने भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले ज्येष्ठताको आधारमा गुल्मी प्रदेश सभा २(१) बाट निर्वाचित भुसालाई सभामुख र उपसभामुख चयन नभएसम्मको लागि अधिवेशन तथा बैठकको अध्यक्षता गर्न जिम्मेवारी प्रदान गरेका हुन् । 

बुवा चिन्तामणि भुसाल र आमा निमकला भुसालको कोखबाट २०१० साल जेठ ७ मा अर्घाखाँची जिल्लाको साविक मरेङ गाविस–६ हाल मालारानी–१ मा डिल्लीराजको जन्म भएको थियो । रेसुङ्गा नगरपालिका वडा नम्बर ०१ नयाँबजार तम्घास निवासी भुसाल नेकपा एमालेबाट निर्वाचित भए । रेसुङ्गा नगरपालिका गुल्मीको संस्थापक प्रमुख समेत रहेका भुसाल हाल एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य हुन् । 

२०३८ सालमा माले पार्टीसँग आबद्ध भइ लामो समयसम्म एमालेको गुल्मी जिल्ला कमिटी सदस्य, रेसुङ्गा नगरपालिका पाटी इञ्चार्ज, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्यको जिम्मेवारी उनले सम्हालिसकेका छन् । तम्घास अस्पताल विकास समितिको प्रथम अध्यक्ष, गुल्मी उद्योथ वाणिज्य संघको पूर्व अध्यक्ष समेत रहेका भुसाल दर्जनौं सामाजिक संघ–संस्थाको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । उनै भुसाललाई लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशनको अध्यक्षता गर्ने अवसर प्राप्त भएको हो ।

Dilliraj Bhusal (1).jpg
डिल्लीराज भुसाल

‘प्रदेश सभाको गरिमा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण नै अहिलेको आवश्यकता हो’ भुसालले भने, ‘मैले प्राप्त गरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेछु । प्रदेश सभाले जनभावनाअनुसार काम गर्ने गरी मेरो भूमिका हुनेछन् ।’