२०८२, फाल्गुण ५ गते

Feb 17 2026 | २०८२, फाल्गुण ५ गते

सपथ ग्रहणपछि कन्हैया बनियाले भने– ‘मेरो जिम्मेवारी बढेको छ’

सोमवार , पौष १८, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • भैरहवा, १८ पुस ।
    लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बनियाले ग्रामीण क्षेत्र मर्चवारबाट निर्वाचित भएकाले आफ्नो जिम्मेवारी झनै बढेको बताए । उनले पिछडिएको क्षेत्र मानिने मर्चवारको विकासका लागि प्रदेशसभामार्फत अगाडि बढ्ने बताए ।
    आइतबार दाङको देउखुरीस्थित लुम्बिनी प्रदेश सभा भवनमा सपथग्रहण पश्चात खबरपात्रोसँग कुराकानी गर्दै प्रदेशसभा सदस्य बनियाले भने, ‘जनताले जुन सोच र अपेक्षा राखेर मलाई निर्वाचित गरेर प्रदेशसभा सदस्यको रुपमा पठाउनुभएको छ, म प्रदेशसभामार्फत जनताको अपेक्षाहरु पूरा गर्न लागिपर्नेछु ।’

    लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) लुम्बिनी प्रदेश संसदीय दलका उपनेता समेत रहेका बनियाले भौतिक पूर्वाधार, शिक्षा, कृषि, स्वास्थ्य जस्ता क्षेत्रको विकासका लागि अगाडि बढ्ने बताए । उनले मर्चवारलाई विकसित क्षेत्रको रुपमा अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

    रुपन्देही क्षेत्र नम्बर ४ (१)बाट प्रदेश सभा सदस्यमा निर्वाचित बनियाले धोती कुर्ता लगाएर भोजपुरी भाषामा शपथ लिएका हुन् ।

    323334954_874632090340418_6312414052257813644_n.jpg