images

आइतवार, बैशाख २३ गते २०८१

सिद्धार्थनगरका विद्युतीय पोलमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न माग

सिद्धार्थनगरका विद्युतीय पोलमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न माग

images
images
images
सोमवार, पौष १८ २०७९
सोमवार, पौष १८ २०७९
  • सिद्धार्थनगरका विद्युतीय पोलमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न माग

    भैरहवा, १८ पुस । सिद्धार्थनगर नगरपालिका क्षेत्र अन्तर्गत विद्युतीय पोलमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न माग गरिएको छ । जथाभावी अव्यवस्थित रुपमा पोलमा झुण्डिएका तारहरुका कारण दुर्घटनाको जोखिम बढेकाले व्यवस्थित गर्नुपर्ने सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष उज्जवल पोखरेलले बताए ।

    images
    images
    images

    उनले भने, ‘विद्युतीय पोलमा केबल, इन्टरनेट, टेलिफोनका तार अव्यवस्थित रुपमा झुण्डिएका कारण धनजनको क्षति हुने सम्भावना बढेको छ, यसतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक छ । ’ सम्भावित दुर्घटनाबाट जोगिन अव्यवस्थित तार हटाउनुपर्ने उनले बताए ।

    भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीका प्रवेशद्वार भैरहवा शहरको सुन्दरीकरणमा समेत यसले असर गरेको वडाअध्यक्ष पोखरेलको भनाइ छ । शहरी सुन्दरता समेत कायम राख्न यस्ता अव्यवस्थित तारहरुको व्यवस्थापन गर्नुपर्ने उनको माग छ ।

    उनले भने, ‘प्रयोगमा नरहेका तार र अन्य उपकरणहरु तत्काल हटाएर व्यवस्थित गर्नुपर्छ । सडकमै लत्रिरहेका, बीचमा तार टुक्रिएर सडकसम्म झुण्डिएको, एउटै पोलमा धेरै तार राखिएकोले अनावश्यक तार नहटाउँदा दुर्घटनाको जोखिम बढेको छ ।’

    सिद्धार्थनगर नगरपालिकाको आगामी कार्यपालिका बैठकमा समेत यो कुरा आफूले राख्ने उनले जानकारी दिए । अधिवक्ता प्रख्यात बन्जाडेले विद्युतीय पोलमा अव्यवस्थित रुपमा तार झण्डिएकाले आगलागी लगायत विभिन्न दुर्घटना हुने जोखिम बढेको बताए । उनले अव्यवस्थित तारलाई व्यवस्थित गर्नेतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए ।

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले विद्युतीय पोलमा झुण्डिएका तार व्यवस्थापन गर्न विद्युत, इन्टरनेट लगायत कार्यालयका प्रतिनिधिहरुलाई बोलाएर बैठक गरिसकिएको जानकारी दिए । उनले पुनः सूचना जारी गर्दै तार व्यवस्थापन गर्न ध्यानाकर्षण गराउने र सम्बन्धित कार्यालयले व्यवस्थापन नगरे नगरपालिकाबाट तार काट्ने चेतावनी दिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij