२०८३, बैशाख २१ गते

May 04 2026 | २०८३, बैशाख २१ गते

पेट्रोलियम पदार्थको मूल्य कटौती गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

बिहिवार , पौष २१, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौं, २१ पुस।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् ।

    अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम मूल्य समायोजन गरी कटौती गर्न निर्देशन दिएका हुन् ।अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य घट्दा पनि नेपाल आयल निगमले उपभोक्तालाई चर्को मूल्यमै पेट्रोलियम पदार्थ बेचिरहेको छ । यही कारण निगमले १ पुसदेखि १५ पुससम्ममा एक अर्ब ३२ करोड ८९ लाख नाफा कमाएको उल्लेख गरेको छ । १६ देखि ३० पुससम्म थप ९९ करोड १२ लाख नाफा हुने निगमको अनुमान छ । तर, पुरानो ऋण घटाउन भन्दै निगमले अहिले पनि उपभोक्ताको ढाड सेक्ने गरी पेट्रोल प्रतिलिटर १४.६६ र मट्टीतेल प्रतिलिटर ४३.७९ रुपैयाँ महँगो बेच्दै छ । 

    भारतबाट ८५.३५ रुपैयाँ प्रतिलिटरमा खरिद गरिएको पेट्रोल करसहित सम्पूर्ण प्रशासनिक खर्च जोड्दा एक सय ६३.३४ रुपैयाँ पर्छ । तर, निगमले एक सय ७८ रुपैयाँमा बिक्री गर्छ । यस्तै, प्रतिलिटर एक सय ६७.८२ रुपैयाँ लागत पर्ने डिजेल एक सय ७५ रुपैयाँमा बिक्री गरिरहेको छ । भारतबाट डिजल प्रतिलिटर एक सय १० रुपैयाँमा खरिद गर्छ । भारतबाट १०३.९४ रुपैयाँ प्रतिलिटरमा खरिद गरिएको मट्टीतेलमा सम्पूर्ण लागत एक सय ३१.२१ रुपैयाँ पर्छ । तर, उपभोक्ताले एक सय ७५ रुपैयाँ लिटर खरिद गरिरहेका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बिहीबार उद्योग सचिवलाई निर्देशन दिदै प्रधानमन्त्री प्रचण्डले आमजनतालाई राहत अनुभूति हुने गरी पेट्रोल र डिजेल तथा हवाईइन्धनको मूल्य कटौती गर्न निर्देशन दिएका हुन् ।