images

शुक्रवार, बैशाख ७ गते २०८१

बलात्कार प्रयासकाे आराेपमा दुई जना पक्राउ

बलात्कार प्रयासकाे आराेपमा दुई जना पक्राउ

images
images
images
शनिवार, पौष २३ २०७९
शनिवार, पौष २३ २०७९
  • बलात्कार प्रयासकाे आराेपमा दुई जना पक्राउ

    बुटवल, २३ पुस ।

    images
    images
    images

    सुस्त मनस्थितिकी २३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेकाे आराेपमा प्रहरीले ३० वर्षीय पुरुषलाई रुपन्देहीबाट पक्राउ गरेकाे छ । उनीलाई रुपन्देहीको कञ्चन गाउँपालिकास्थित महिलाकाे घरमा कोही नभएको मौका पारी जबर्जस्ती करणी गर्न खोजेकाे आराेपमा पक्राउ गरिएकाे हाे । 

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार यही २१ पुस साँझको समयमा शारीरिक रुपमा अपांगता भएकी महिलालाई जबर्जस्ती शौचालयमा लगि कञ्चन गाउँपालिका-३ का ३० वर्षीय राजेन्द्र अधिकारीले करणीको प्रयास गरेका थिए । उनलाई प्रहरीले कन्चन गाउँपालिका-४ बाट नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

    यस्तै, रुपन्देहीको सैनामैना नगरपालिका-६ की १५ वर्षीया बालिकालाई अभिभवक नभएको मौका पारी साँझको समयमा आगो ताप्ने बहानामा घरमा आई जबर्जस्ती करणी गर्ने मनसायले बालिकाको संवेदनशील अंगमा छुने, चलाउने तथा जबर्जस्ती करणी गर्न खोज्ने २५ वर्षीय मधु सोमरेलाई सैनामैना नगरपालिकाको सुखौराबाट पक्राउ गरी जबरजस्ती करणी उद्योग कसुरमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

    बालिकाको आमा विदेशमा भएको र घरमा बुबा पनि काममा गएको मौका पारी जबर्जस्ती करणी गर्न खोजेको कुरा छिमेकी महिलालाई बताएपछि तुरुन्त प्रहरीलाई खबर भएकोमा उनलाई सोही समयमै २१ पुस नै पक्राउ गरिएको थियो ।

    पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय सालझन्डीमा राखी जबर्जस्ती करणी उद्योग कसुरअन्तर्गत म्याद थप भई आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । न्युज कारखाना

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij