images

शुक्रवार, बैशाख ७ गते २०८१

हुस्सुका कारण चीनमा सवारी दुर्घटना, १७ जनाको मृत्यु

हुस्सुका कारण चीनमा सवारी दुर्घटना, १७ जनाको मृत्यु

images
images
images
आइतवार, पौष २४ २०७९
आइतवार, पौष २४ २०७९
  • हुस्सुका कारण चीनमा सवारी दुर्घटना, १७ जनाको मृत्यु

    २४ पुस । पूर्वी चीनको जियाङ्सी प्रान्तमा आइतबार भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । 'दुर्घटनामा १७ जनाको मृत्यु भएको छ र २२  जना घाइते भएका छन्, घाइतेहरूलाई अस्पताल पठाइएको छ’, सरकारी सञ्चार माध्यम सीसीटीभीले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ । 

    images
    images
    images

    ठूलो सडक ट्राफिक दुर्घटना बिहान १ बजे नान्चाङ काउन्टीमा भएको थियो । दुर्घटनाको कारणको गहिरो अनुसन्धान भइरहेको जनाइएको छ । 

    दुर्घटनाको  करिब एक घण्टा पछि, नानचाङ काउन्टी ट्राफिक प्रहरीले यस क्षेत्रमा 'कुहिरो मौसम' अनुभव गरिरहेको भन्दै चालकहरूलाई ट्राभल सुझाव जारी गर्‍याे  । ‘ड्राइभिङ भिजिबिलिटी कम छ । यसले सजिलै ट्राफिक दुर्घटना निम्त्याउन सक्छ’  सुझावमा भनिएको छ । 
     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij