२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

युसीएमएस भैरहवाको २४ औं वार्षिक साधारणसभा सम्पन्न 

आइतवार , पौष २४, २०७९

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • भैरहवा, २४ पुस ।
    युनिभर्सल ईन्ष्टिच्युट अफ एडभान्स स्टडीज् एण्ड रिसर्च सेन्टर प्रा.लि. (यु.सी.यम.यस., शिक्षण अस्पताल) भैरहवाको २४ औं वार्षिक साधारणसभा शनिबार भैरहवामा सम्पन्न भएको छ ।  

    वि.सं. २०५४ सालमा भैरहवामा स्थापना भइ स्वास्थ्य सेवामा निजी क्षेत्रबाट सञ्चालित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपालको पहिलो मेडिकल कलेज अन्तराष्ट्रियस्तरको दक्ष जनशक्ति पादनका साथै सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको युसीएमएसका सूचना अधिकृत सुशिल गुरुङले बताए । संस्थाले भोलिका दिनमा थप प्रभावकारी भएर आप्mना क्रियाकलाप केन्द्रित गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

    युसीएमएसका अध्यक्ष रमेश शर्माको सभापतित्वमा भएको साधारणसभामा संस्थाका प्रबन्ध निर्देशक खुमा प्रसाद अर्यालले विभिन्न प्रस्तावहरु प्रस्तुत गरेका थिए ।

    साधारणसभामा युसीएमएसका निर्देशकहरु लोकहर्ष शाक्य, भेषराज अर्याल, परिक्षित खेमका, कम्पनी सचिव राजु बस्नेत क्षेत्री लगायतले आफ्ना धारणाहरु थिए । कार्यक्रममा युसीएमएस शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पी.एस., प्राचार्य प्रा.डा. हेमन्त हलुवाई, मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.साधन मुखी, प्रमुख प्रशासकीय अधिकृत कमलराज ढकाल, जनरल म्यानेजर सन्तोष कुमार वी.एन., वित्त नियन्त्रक सुरज पौडेल लगायतको उपस्थिति रहेको थियो ।