२०८२, फाल्गुण ५ गते

Feb 17 2026 | २०८२, फाल्गुण ५ गते

राप्रपा रुपन्देहीले मनायो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

बिहिवार , पौष २८, २०७९

  • 4.8K
    Shares
  • 4.8K
    Shares
  • भैरहवा, २८ पुस ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमिति रुपन्देहीले ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । राप्रपा रुपन्देही बुधबार भैरहवामा एक कार्यक्रमकाबीच दिवस मनाएको हो ।

    पार्टीका वरिष्ठ सदस्य, समाजसेवी तथा उद्योगपति दुधनाथ जैसवालको अध्यक्षता, केन्द्रिय सदस्य मीन प्रसाद घिमिरेको प्रमुख आथित्यता, केन्द्रीय सदस्यद्वय तोयनाथ लम्साल, मृगेन्द्र शेरचनको विशिष्ट अतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश, जिल्ला, क्षेत्रसहित विभिन्न भातृ संगठनका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

    324811778_868263760861511_7269072798003969409_n.jpg

    राप्रपा रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताको स्वागत तथा सचिव बलराम शर्माको सञ्चालनमा भएको कार्यक्रममा नेताहरु मीन प्रसाद घिमिरे, माधव रिमाल, छेदीलाल श्रीवास्तव लगायतले पृथ्वीनारायण शाहको जीवनी तथा योगदानको विषयमा चर्चा गरेका थिए ।