२०८३, कार्तिक १३ गते

Oct 30 2026 | २०८३, कार्तिक १३ गते

चीनमा ११० मानवाकार रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान

शुक्रवार , कार्तिक १३, २०८३

  • 292
    Shares
  • 292
    Shares
  • काठमाडौं, १३ कार्तिक । चीनमा ११० वटा मानवाकार रोबोटले एकैसाथ नृत्य प्रश्तुत गर्दै विश्व कीर्तिमान कायम गरेका छन् ।

    चीनको पूर्वी शान्दोङ प्रान्तस्थित जिनान सहरमा अक्टोबर २४ मा ती रोबोटले पाँच मिनेटभन्दा लामो समयसम्म सामूहिक नृत्य प्रदर्शन गरेका हुन् । उक्त नृत्य प्रदर्शनमा कुनै पनि रोबोटलाई वास्तविक समयमा मानिसले नियन्त्रण गरेका थिएनन् ।

    पूर्वनिर्धारित प्रविधि तथा स्वचालित प्रणालीको प्रयोगबाट रोबोटहरूले एकैसाथ नृत्य प्रस्तुत गरेका थिए ।एकैपटक सबैभन्दा धेरै मानवाकार रोबोटले नृत्य गरेको उक्त प्रदर्शनलाई गिनिज वल्र्ड रेकर्डले विश्व कीर्तिमानका रूपमा मान्यता दिएको छ ।