
मंगलवार , माघ ३, २०७९
काठमाडौं, ३ माघ । नवनियुक्त ११ मन्त्रीले शपथ लिएका छन् । मंगलबार दिउँसो १ बजे शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई पद तथ गोपनीयताको शपथ खुवाएकी हुन् ।
राष्ट्रपतिले पहिले उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनलाई शपथ खुवाएकी थिइन् । त्यसपछि अन्य मन्त्रीहरूले शपथ लिएका छन् । विस्तारसँगै मन्त्रिपरिषदको संख्या २२ पुगेको छ । जसमा प्रधानमन्त्री, चार उपप्रधानमन्त्री, १५ मन्त्री र दुई राज्यमन्त्री छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री बिष्णु प्रसाद पौडेल, अर्थ, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार, उपप्रधानमन्त्री रवि लामिछाने गृह र उपप्रधानमन्त्री राजेन्द्र लिङदेन ऊर्जा छन् ।
यस्तै, एमालेबाट पदम गिरी स्वास्थ्यमन्त्री, डा. विमला राई पौडेल परराष्ट्रमन्त्री, हरि उप्रेती रक्षामन्त्री, ज्वालाकुमारी साह कृषि तथा पशुपंक्षीमन्त्री, भगवती चौधरी महिला, बालबालिका मन्त्री, दामोदर भण्डारी उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, राजेन्द्र राई भूमिव्यवस्था तथा सहकारीमन्त्री, माओवादी केन्द्रबाट रेखा शर्मा सञ्चार तथा सूचनामन्त्री, सुदन किराती संस्कृति, पर्यटनमन्त्री, अमनलाल मोदी संघीय मामिला तथा सामान्य मन्त्री, रास्वपाबाट शिशिर खनाल शिक्षा तथा विज्ञान मन्त्री, डोरप्रसाद अर्याल, श्रम तथा रोजगार, राप्रपाबाट विक्रम पाण्डे, सहरी विकास, ध्रुव प्रधान, कानुन, न्यायमन्त्री, जनमतबाट अब्दुल खान खानेपानी तथा सरसफा र राज्यमन्त्रीहरू डा. तोसिमा कार्की स्वास्थ्य र दिपकबहादुर सिंह ऊर्जा, जलस्रोत छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij