२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

जसपा संसदीय दलको बैठक आज पनि बस्ने

बुधवार , माघ ४, २०७९

काठमाडौं, ४ माघ ।

जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक बुधबार (आज) पनि बस्ने भएको छ । मंगलबार पार्टी कार्यालयमा बसेको बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्रले जसपालाई मन्त्रीमण्डलमा सन्तुलित र न्यायोचित सहभागिता गराउन नचाहेको विषयमा छलफल भएको थियो । 

संसदीय दलको बैठक बुधबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने र समसामयिक विषयमा छलफल हुने बताइएको छ । न्युज कारखाना