२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

निष्पक्ष र तटस्थ भूमिका निर्वाह गर्छु : नवनिर्वाचित सभामुख घिमिरे

बिहिवार , माघ ५, २०७९

काठमाडौं, ५ माघ । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले निष्पक्ष र तटस्थ भूमिका निर्वाह गर्ने बताएका छन् । 

सभामुखमा निर्वाचित भएपछि बिहीबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै सभामुख घिमिरेले सभामुख चयनको क्रममा प्रजातन्त्रको सुन्दर अभ्यास भएको भन्दै निष्पक्ष र तटस्थ भूमिका निर्वाह गर्ने बताएका हुन् ।

उनले बिगतको कमी कमजोरीलाई आफ्नो कार्यकालमा दोहराउन नदिने स्पष्ट पारे । संसदलाई दलहरुसंग समन्वय गरेर अघि बढाउने उनको भनाइ छ । घिमिरे बिहीबार सभामुखमा निर्वाचित भएका हुन् ।