images

शनिवार, बैशाख ८ गते २०८१

सिद्धार्थनगरमा अपांगता स्वास्थ्य शिविर हुँदै

सिद्धार्थनगरमा अपांगता स्वास्थ्य शिविर हुँदै

images
images
images
बिहिवार, माघ ५ २०७९
बिहिवार, माघ ५ २०७९
  • सिद्धार्थनगरमा अपांगता स्वास्थ्य शिविर हुँदै

    भैरहवा, ५ माघ ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा निःशुल्क शारीरिक अपांगता परीक्षण स्वास्थ्य शिविर हुने भएको छ । सिद्धार्थनगर नगरपालिकाको कार्यालय र अपांग बाल अस्पताल तथा पुनस्थापन केन्द्रको संयुक्त आयोजनामा माघ ७ गते (शनिबार) शारीरिक अपांगता परिक्षण स्वास्थय शिविर हुने भएको हो । उक्त शिविर भीम अस्पताल परिसरमा संचालन हुनेछ ।

    images
    images
    images

    सर्वसाधारणका हितका लागि नगरमा शारीरिक अपांगता परिक्षण स्वास्थ्य शिविर संचालन गर्न लागिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बताए । 

    ‘शारीरिक अपांगता भएपनि आर्थिक अभाव वा अन्य समस्याका कारण सर्वसाधारणले सहायक सामग्री वा परीक्षण समेत गराउन नसकेको अवस्था छ’ उनले भने, ’यस शिविरले सर्वसाधारण लाभान्वित हुने विश्वास लिएका छौँ ।’

    १८ वर्षसम्मका बालबालिकालाई लक्षित गरेर शिविर संचालन हुने भए पनि उक्त उमेर समुह भन्दा बढीका कोही सर्वसाधारण आएको अवस्थामा समेत सेवा प्रवाह गरिने नगरपालिकाको कार्यालयले जनाएको छ ।

    सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले शिविरको क्रममा शारीरिक अपांगता भएका व्यक्तिको स्वास्थ्य परीक्षणका साथै आवश्यकता अनुसार व्हीलचेयर, वैशाखी लगायत सहायता सामग्री समेत उपलब्ध गराउने बताइन् । उनकाअनुसार उक्त शिविरमा कृत्रिम अंगको आवश्यक भएका शारीरिक अपांगता व्यक्तिको नापजाँच गरिने र सो नाप अनुसार उनीहरुलाई शिविर पश्चात् कृत्रिम अंग उपलब्ध गराइनेछ ।

    शारीरिक अपांगता व्यक्तिका साथै हाडजोर्नी सम्बन्धि समस्याका व्यक्तिहरुले पनि शिविरमा सेवा लिन सकिने उनले बताइन् । ‘जाडोयाममा वर्षौ अघिको हाडजोर्नी समस्याले पनि  सर्वसाधारणहरु ग्रस्त हुन्छन्’ उनले भनिन्, ’उक्त समस्यालाई पनि मध्यनजर गर्दै शिविरमा हाडजोर्नी सम्बन्धिका सेवा प्रवाह गरिनेछ ।’

    पैतला भित्र फर्केको, अंगहरु एकआपसमा टाँसिएको, भाँचिएर बांगो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बांगो, वा कुप्रो भएको, जोर्नीहरु र घुँडाको पांग्रो खुस्किएको लगायत समस्या भएको व्यक्तिले शिविरमा सेवा लिन सकिने सिद्धार्थनगर नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखाको प्रमुख कौशिल्या चौधरीले बताइन् ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij