शुक्रवार, चैत्र १७ गते २०७९

लुम्बिनी वल्र्ड स्कूलमा सरस्वती पूजा, अक्षरारम्भ तथा पुस्तक मेला

लुम्बिनी वल्र्ड स्कूलमा सरस्वती पूजा, अक्षरारम्भ तथा पुस्तक मेला

images
images

खबर पात्रो

१२, माघ २०७९
  • 1.0K
    SHARES
  • लुम्बिनी वल्र्ड स्कूलमा सरस्वती पूजा, अक्षरारम्भ तथा पुस्तक मेला

    रुपन्देही, १२ माघ । 
    लुम्बिनी वल्र्ड स्कूल, मधवलिया रुपन्देहीमा वसन्त पञ्चमीको अवसर पारेर बिहीबार सरस्वती पूजा, अक्षरारम्भ तथा वृहत पुस्तक मेला सम्पन्न भएको छ ।

    स्थापनाकालदेखि निरन्तर रुपमा नेपाल र नेपालीहरुले मनाउँदै आइरहेको  विभिन्न चाडपर्व र संस्कृतिलाई विद्यार्थीको सिकाइसँग जोड्ने गरी विविध क्रियाकलापसहित कार्यक्रमहरु आयोजना गर्दै आइरहेको सन्दर्भमा आज पनि कार्यक्रम गरिएको विद्यालयले जनाएको छ ।

    images

    सो अवसरमा बोल्दै युवा सामाजिक तथा सर–सफाई अभियन्ता के.पी. खनालले विद्यार्थीहरु लगायत अभिभावकहरुले सरसफाईमा गरिने हेलचक्राईले पर्यावरणमा ठूलो असर पार्ने बताए । उनले स्वच्छ तथा सफा पृथ्वी बनाउन साना नानीदेखि प्रौढ उमेरका समूहको आ–आफ्नो किसिमको भूमिका हुन्छ भन्ने कुराको चर्चा गरे । 

    कक्षा १ देखि कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीहरुले आफैले रचना गरेका कथा, कविता, विभिन्न साहित्यिक रचना तथा नृत्य पनि प्रदर्शन गरेका थिए । 

    विद्यालयले विद्यार्थी, शिक्षक, अभिभावक साथै समाजका सबै वर्गहरुमा पठन संस्कृतिको विकास गर्ने हेतुले आयोजित पुस्तक मेलामा फरक–फरक विधाका ५ वटा पुस्तकहरुका स्टल रहेको थियो । उक्त स्टलहरुमा विद्यार्थी, अभिभावक तथा उपस्थित व्यक्तित्वहरु अत्यन्तै अभिरुचिका साथ पुस्तकहरु खरिद गरी आफ्ना बालबालिकाहरुको पठनकला बढाउन हौसला दिएको आफूले पाएको विद्यालयका प्राचार्य विष्णु प्रसाद ढकालले बताए । 

    327635107_1188711365118443_6414829923277176600_n.jpg

    कार्यक्रममा विद्यार्थीहरुमा भएको प्रतिभालाई उजागर गर्न विद्यालयका शैक्षिक निर्देशक डा. मिन प्रसाद खनाल, सह–प्राचार्यहरु लजिता शर्मा, रमेशमणि सुवेदी, विद्यालयका शिक्षक–शिक्षिका तथा कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

     

    images
    images
    images
    प्रकाशित मिति :माघ १२, २०७९ बिहिवार - २१:३०:१० बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend