२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

नयाँगाउँ माविको ६० औं वार्षिकोत्सव

शुक्रवार , माघ १३, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • बुटवल, १३ माघ ।
    नयाँगाउँ माध्यमिक विद्यालय बुटवल–१२ को ६०औ वार्षिकोत्सव एवं अभिभावक दिवस भएको छ  । नयाँ विद्यार्थीका लागि अक्षरारम्भ समेत गराइएको छ । त्यस्तै माविको नवनिर्मित भवनको उद्घाटन समेत गरिएको छ । 

    त्यसै गरी बिहीबार खेल सप्ताह समेत उद्घाटन गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोेत्तम बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटवलको नमूना विद्यालयको पहिचान दिएकोमा नयाँगाउँ माविलाई धन्यवाद समेत दिए । उनले विद्यालयले शैक्षिक साथै भौतिक रुपमा प्रगति गरेको समेत बताए । नगरले सहकार्य गरेरै अघि बढ्ने उनको भनाइ छ ।

    सो अवसरमा बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, बुटवल वडा नम्बर १२ का वडाअध्यक्ष डिल्ली प्रसाद शर्मा आचार्य, मीन बहादुर पुन, प्रधानाध्यापक पुरुषोत्तम भट्टराई, शिक्षक राम प्रसाद बन्जाडे लगायतले बोलेका थिए । बिहीबार शुभारम्भ भएको कार्यक्रम माघ १७ गते समापन समारोह हुने विद्यालयले जनाएको छ ।