images

शुक्रवार, बैशाख ७ गते २०८१

‘नेपालको भू–बनोटका लागि लाइट गेज स्टिल फ्रेमिङ नै उपयुक्त हुन्छ’ 

‘नेपालको भू–बनोटका लागि लाइट गेज स्टिल फ्रेमिङ नै उपयुक्त हुन्छ’ 

images
images
images
आइतवार, माघ १५ २०७९
आइतवार, माघ १५ २०७९
  • ‘नेपालको भू–बनोटका लागि लाइट गेज स्टिल फ्रेमिङ नै उपयुक्त हुन्छ’ 

    बुटवल, १५ माघ । 
    नेपालको भू–बनोटका हिसाबले लाइट गेज स्टिल फ्रेमिङ (एलजीएसएफएस) को प्रयोग गरेर घर निर्माण गर्नु नै अहिलेको आवश्यकता भएको सरोकारवालाले बताएका छन् । नेपाल भुकम्पको उच्च जोखिममा रहेकाले भुकम्प प्रतिरोधी तथा भुकम्प गएका बेलामा कम क्षति पुर्याउने संरचना निर्माण गर्नुको अहिलको विकल्प नभएको समेत सरोकारवालाको जोड छ । 

    images
    images
    images

    एलजीएसएफएसको प्रयोग र उपयोगबारे जानकारी दिन नेपाल इञ्जिनियरिङ एशोसियशन नेपाल लुम्बिनी प्रदेश र आईटी स्टिल स्ट्रक्चर सलुसन्स प्रा.लि. बाँसगढी रुपन्देहीले संयुक्त रुपमा शनिबार आयोजना गरेको कार्यक्रममा सहभागि भएका इञ्जिनियर तथा आर्केटेकले नयाँ घर बनाउँदा एलजीएसएफएस प्रविधि नै उपयुक्त भएको बताएका हुन् । 

    न्यूजील्याण्डका एलजीएसएफएस विज्ञ लेन्स फ्रेन्सिज करी कम लगानीमा सुविधासम्पन्न भवनका लागि यो प्रविधिको विकास गरिएको बताए । नेपाल जस्तो मुलुकका लागि वातावरणमैत्री तथा भुकम्प प्रतिरोधी प्रविधिबाट भवन निर्माणको विकल्प नभएको करीको जोड थियो । अहिलेसम्म विश्वका ८५ वटा देशमा विद्यालय, हस्पिटल, व्यवसायिक तथा आवासीय भवन निर्माणसम्पन्न गरिसकेको बताउँदै उनले एलजीएसएफएस नेपालका लागि धेरै उपयोगी भएको बताए । 

    कार्यक्रममा आईटी स्टिल स्ट्रक्चर सलुसन्स प्रा.लि. बाँसगढी रुपन्देहीका प्राविधिक निर्देशक इञ्जिनियर सृष्टि गुरुङ्गले नेपालमा पहिलोपटक यो प्रविधि भित्राएको बताउँदै खिया, कम लाग्ने, मजबुद, हल्का, भुकम्प प्रतिरोधी, प्रि–इञ्जिनिरिङ्ग, आगो प्रतिरोधी, अब्बल इन्सुलेशन र वातावरणमैत्री भएको बताए । नेपालका धेरैजसो प्रयटकीय स्थलमा यसको प्रयोगका बारेमा गृहकार्य भइरहेको गुरुङले जानकारी दिए । 

    नेपाल इञ्जिनियरिङ एशोसियशन नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष शैलेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि २२ नम्बर बाहिनीपति नवराज गुरुङले नेपालको परिभेष सुहाउँदो प्रविधि लाइट गेज स्टिल फ्रेमिङको विकल्प नभएको बताए । उनले नेपालमा प्राकृतिक प्रकोपका जोखिम क्षेत्र धेरै भएकाले समय र लगानीको सही प्रयोग लाइट गेज स्टिल फ्रेमिङले नै गर्ने तर्क राखे । 

    कार्यक्रममा नेपाल इञ्जिनियरिङ्ग एशोसियशन लुम्बिनीका पूर्व अध्यक्ष टंक कंडेलले लगानी र समय दुवैको बचतका लागि लाइट गेज स्टिल फ्रेमिङ नेपालीका लागि धेरै राम्रो प्रविधि भएको उल्लेखगर्दै यसलाई अझ प्रस्कृत र परिमार्जन गर्दै लैजानुपर्ने तर्क राखे । 

    आईटी स्टिल स्ट्रक्चर सलुसन्स प्रा.लि.का प्रबन्ध निर्देशक सोनाली गुरुङको सञ्चालनमा भएको कार्यक्रममा सलुशनका संस्थापक इञ्जिनियर रोजेन्द्र सिंह गुरुङ, नेपाल इञ्जिनियरिङ्ग एशोसियशन लुम्बिनीका पूर्व अध्यक्ष दुजेन्द्र बस्नेत, नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपाल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु, आर्किटेक दीपक भट्टराई, इञ्जिनियर जीवन आचार्य, आईटी स्टिल स्ट्रक्चर सलुसन्सका कार्यकारी निर्देशक डा. शिल्पी गुरुङ, बुटवल उपमहानगरका नक्सा शाखा प्रमुख सोमनाथ अधिकारी, सिद्धार्थ केवल कारका निर्देशक केयरसिंह खड्का लगायतले कम मूल्यमा भुकम्प प्रतिरोधी, वातावरणमैत्री र मजबुत भवन निर्माणका लागि लाइट गेज स्टिल फ्रेमिङ राम्रो प्रविधि सावित हुने बताए । 

    बुटवलका तीन दिदीबहिनी सृष्टि गुरुङ, सोनाली गुरुङ र डा. शिल्पी गुरुङले सञ्चालन गरेको आईटी स्टिल स्ट्रक्चर सलुसन्स प्रा.लि.ले नेपालमै पहिलो प्रविधिका रुपमा लाइट गेज स्टिल फ्रेमिङ भित्राएको कार्यक्रममा बताइएको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij