२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

राधे परिवारको आयोजनामा खुल्ला रक्तदान 

२२ जनाले गरे रक्तदान 

बुधवार , श्रावण १४, २०७७


भैरहवा, १४ साउन ।
महिला सत्य सनातन धर्म संघ (राधे परिवार) को आयोजनामा बुधबार भैरहवामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  परिवारको २४ औं वार्षिकउत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन् ।

धार्मिक कार्यक्रमका साथै कोरोना प्रभावित, बाढीपीडित, भुकम्पपीडितलाई सहयोग प्रदान गर्दै र्आरहेको परिवारले अन्य सामाजिक कार्यमा समेत आफुलाई सक्रिय राखेको छ । रक्तदान पनि एक प्रकारको ठुलो दान नै भएकोले कोरोना महामारीको बीचमा कुनै पनि विरामीलाई रगतको अभाव नहोस् भनेर कार्यक्रमको आयोजना गरिएको परिवारका अध्यक्ष  इन्दिरा के.सी.ले बताइन् ।

कार्यक्रमका प्रमुख अतिथि डा. गोबिन्द बल्लभ भट्टले बोल्दै र रक्तदान जस्तो पवित्र कार्य अरु हुन नसक्ने बताए । रक्तदानगर्ने व्यक्ति रगत लिने दुवै व्यक्तिको लागि फाइदाजनक हुने भन्दै ६५ वर्षसम्मका स्वस्थ व्यतिmले रक्तदान गर्न सक्ने उनले बताए ।

परिवारका पूर्व अध्यक्ष माधवी शर्मा वाग्लेको स्वागत तथा सचिव लक्ष्मी अर्यालको सञ्चालनमा सम्पन्न कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष राजनजंग राणा, वौद्धिक अपांगता अभिभावक संघ रुपन्देहीका अध्यक्ष बाबुराम के.सी., संस्कृत विद्या आश्रम भैरहवाका अध्यक्ष डी.आर. शर्मा, लुम्बिनी प्रेस क्लबका महासचिव सम्झना शर्मा, नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका कोषाध्यक्ष रुपमा हिराचन, हिमाली सामुदायिक सेवा केन्द्रका अध्यक्ष सुरेन्द्रजंग थापा लगायतले बोल्दै राधे परिवारले उदाहरणीय कार्य गरेको बताए ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष उषा किरण गुरुङ, निवर्तमान अध्यक्ष हेमा खनाल, विभिन्न संघ–संस्थाका प्रतिनिधि, संस्थाका सल्लाहकार, सदस्य लगायतको उपस्थिति थियो । रक्तदाताहरुलाई संस्थाका अध्यक्ष तथा प्रमुख अतिथिले प्रमाणपत्र प्रदान गरेका थिए ।