
बुधवार , माघ १८, २०७९
तिलोत्तमा, १८ माघ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वडा नम्बर १० स्थित सेमरा स्वास्थ्य चौकीमा निःशुःल्क स्थायी बन्ध्याकरण शिविर सम्पन्न गरेको छ । सो अवसरमा ३० जनाले स्थायी बन्ध्याकरण गराएका छन् । स्वास्थ्य कार्यालय रुपन्देही र मेरी स्टोप्स सेन्टर काठमाण्डौको प्राविधिक सहयोगमा बन्ध्याकरण गराइएको हो।
स्थायी बन्ध्याकरण गराउनेहरुमा पुरुषको संख्या निकै कम ४ जना मात्र छ । जसमा महिलाको संख्या २६ जना रहेको छ । मिलिल्याप गराउने महिलाको संख्या २५ छ भने र भ्यासेक्टोमी गराउने पुरुषको संख्या ४ मात्रै छ । त्यसो त अस्थायी बन्ध्याकरण गराउनेको संख्या २ जना मात्रै रहेको तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखा अधिकृत लक्ष्मी आचार्यको भनाइ छ ।
सो अवसरमा बोल्दै नगर उपप्रमुख जागेश्वरदेवी चौधरीले परिवार नियोजनका लागि हरेक वर्ष निःशुल्क शिविर सञ्चालन गर्दै लैजाने र निःशुल्क बन्ध्याकरण सेवालाई थप सशक्त बनाएर चेतनास्तरसम्म लैजाने बताइन् । उनले सन्तानको रहर पुगेका दम्पत्तिहरुलाई निःशुल्क रुपमा दक्ष तथा अनुभवी प्राविधिक एवं चिकित्सकबाट सहज रुपले घरमै एम्बुलेन्स लगेर लाने ल्याउने व्यवस्थासहित सो सेवा सञ्चालन गरिएको बताइन् ।
संख्यात्मक रुपमा कम जस्तो देखिए पनि परिवार नियोजनका अन्य उपाय र स्थायी बन्ध्याकरण गर्नेको संख्या सन्तोषजनक नै रहेको तिलोत्तमा स्वास्थ्य प्रमुख ध्रुवराज घिमिरेले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij