२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सांगीतिक क्षेत्रमा जम्दै ‘भुपेन्द्र थापा मगर एण्ड फ्रेण्डस्’

बुधवार , माघ १८, २०७९

भैरहवा, १८ माघ ।
भुपेन्द्र थापा मगर एण्ड फ्रेण्डस् क्रियाशिल हुँदै सांगीतिक यात्रालाई अघि बढाएको छ । यो सांगीतिक ब्याण्डले भैरहवा, बुटवल, कपिलवस्तु, परासी लगायत विभिन्न स्थानमा कन्सर्ट गरिसकेको छ ।

विगत २ वर्षदेखि विभिन्न स्थानमा कन्सर्ट गरिएको र यस क्षेत्रका दर्शकले यो ब्याण्डलाई मन पराएको ब्याण्ड मेम्बर (सदस्य) सामोत पौडेलले बताए । ब्याडमा नेपाल आइडल सिजन ४ का विजेता भुपेन्द्र थापा मगर, सामोत पौडेल, आशिष पन्थ र प्रियंका गुरुङ (व्यवस्थापक) रहेका छन् ।

ब्याण्डले एक वर्ष निःशुल्क सांगितिक कक्षा समेत निःशुल्क सञ्चालन गरिसकेको र विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको सदस्य पौडेलले जानकारी दिए । उनले भने, ‘संगीत क्षेत्रको विकासका लागि आगामी दिनमा पनि विभिन्न कार्यक्रम सञ्चालन गर्नेछौं ।’