२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

तिलोत्तमाका जनप्रतिनिधि तथा कर्मचारीलाई दुईदिवसीय क्षमता विकास तालिम 

शनिवार , माघ २१, २०७९

तिलोत्तमा, २१ माघ ।
तिलोत्तमा नगरपालिका, रुपन्देहीको आयोजनामा भएको दुईदिवसीय क्षमता विकास तालिम शनिवार सम्पन्न भएको छ ।

कार्यक्रमको पहिलो दिन कर्मचारीमा भएको सेवाग्राहीका लागि सहज सेवा उपलब्धताका लागि कर्मचारी प्रशिक्षार्थीहरुलाई सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल र लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले सहजीकरण गरेका थिए ।

त्यस्तै तालिमको दोस्रो दिन जनप्रतिनिधि तथा कर्मचारीहरुलाई नेपाल सरकारका पूर्व मुख्य सचिव कृष्णहरी बासकोटा र लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयका कानून सचिव राजेन्द्र थापाले सहजीकरण गरेका थिए । 
कार्यक्रममा नगरपालिका अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य चौकी, लगायतका कार्यालयका २ सय बढी पूर्णकालिन कर्मचारी समेतको सहभागिता थियो ।

तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणको अध्यक्षता तथा उपप्रमुख जगेश्वरी देवी चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै नगरप्रमुख खाणले कर्मचारीहरुको दक्षता क्षमता र सेवा सहजतालाई दिगो बनाउन यस्ता तालिमले ठूलो योगदान दिने बताए । क्षमता विकास तालिममा सहभागी हुँदै उपप्रमुख जगेश्वर देवी चौधरीले तालिमले कर्मचारीहरुमा उत्प्रेरणा तथा पुनर्ताजगी दिने बताइन् । उनले सिकेका कुरा व्यवहारमा लागू गर्न सके देश र जनताको लागि सहजता हुने समेत बताइन् ।

कार्यक्रममा अतिथिहरुलाई स्वागत तथा प्रशिक्षार्थीहरुलाई उत्प्रेरणा जगाउँदै तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले कर्मचारी र जनप्रतिनिधिमार्फत सेवाग्राहीले सहज रुपमा सेवा पाउन र सेवालाई थप चुस्तदुरुस्त बनाउन यस्तो तालिमले सहयोग पुर्याउने विश्वास व्यक्त गरे । प्रशिक्षणमा सहभागीहरुलाई सिकाइले आफ्नो अनुभव दक्षता र रचनात्मक कार्य गर्न उत्प्रेरणा प्राप्त गर्न सो तालिमको आयोजना गरिएको उनले बताए ।

तालिमको सहजीकरण गर्दै नेपाल सरकारका पूर्व मुख्य सचिव हरिकृष्ण बासकोटाले जनताको सहजताको लागि सुशासन पारदर्शीता र जवाफदेहिताले जनतामा सेवा सहज बनाउने उल्लेख गरे । उनले कर्मचारी र जनप्रतिनिधि मिलेर सेवाको भावले जनताको काम गर्नुपर्ने समेत बताए । 

सो तालिमका सन्दर्भमा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कार्यालयका कानून सचिव राजेन्द्र थापाले पालिकाको विकास र समृद्धिका लागि नीति नियम बनाउन र परिपालना गरी जनता सामु पुर्याउन जनप्रतिनिधि र कर्मचारीको विशेष भूमिका रहनुपर्ने उल्लेख गरे । उनले जनताको घरघरमा चुस्तदुरुस्त सेवा पुर्याउन सबै मिलेर अघि बढ्नुपर्ने बताए ।

तालिममा सम्पूर्ण कर्मचारीहरुलाई कार्यक्षमता र गुणस्तरीय अभिवृद्धिका लागि व्यवहारिक विषयवस्तु र स्वः रुपान्तरणका विधि प्रशिक्षण गरिएको थियो । नगरपालिकाका सबै जनप्रतिनिधि र कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको सो तालिमको सञ्चालन नगरपालिकाकी अधिकृत सीता घिमिरेले गरेकी थिइन् ।