२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

राष्ट्रियसभा उपाध्यक्षमा माओवादीकी उर्मिला अर्यालको उम्मेदवारी दर्ता

आइतवार , माघ २२, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • काठमाडौं । नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेकी छन् । 

    नयाँ बानेश्वरस्थित संघीय संसद सचिवालयमा सत्तारुढ गठबन्धनको तर्फबाट आइतबार दिउँसो उनले उम्मेदवारी दर्ता गरेकी हुन् ।  अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र समर्थकमा देवेन्द्र दाहाल र खिमलाल देवकोटा रहेका छन् । 

    कांग्रेसले पनि अर्याललाई समर्थन गर्ने निर्णय गरेकाले उनी निर्विरोध निर्वाचित हुने सम्भावना रहेको छ । 

    राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आइतबार दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । सोमबार निर्वाचन हुनेछ ।