२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

ब्लकब्लस्टर हुँदै शाहरुखको पठानले कमायो ७८० करोड

सोमवार , माघ २३, २०७९

मुम्बई, २३ माघ ।
शाहरुख खानको फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड बनाएको छ । यशराज फिल्म्सले पठान फिल्मको कमाइको नयाँ तथ्यांक सार्वजनिक गरेको छ । यशराज फिल्म्सका अनुसार पठान फिल्मले ९ दिनमा नै ७८० करोड कमाएको हो।

फिल्मले अहिलेसम्म भारतमा ४८१ करोड र विदेशमा २९९ करोड कमाइसकेको हो । पठानमा शाहरुखको साथमा दिपिका पादुकोण, जोन अब्राहमलगायतले अभिनय गरेका छन । एशराज फिल्मसको ब्यानरमा बनेको शाहरुख अभिनित चलचित्र पठानले वलिउडमा आशा देखाएको फिल्मकर्मीहरुले टिप्पणी गरेका छन् । न्युज कारखाना