२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

लुम्बिनीका ७ मन्त्रीको आज सपथ

आइतवार , माघ २९, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • दाङ, २९ माघ ।

    लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनियतको शपथ आज हुने भएको छ । प्रदेश प्रमुख सचिवालका अनुसार दिउँसो १ बजेका पद तथा गोपनियताको शपथ ग्रहणको कार्यक्रम आयोजना गरिएको छ ।

    मुख्यमन्त्री लिला गिरीले सात जनालाई मन्त्रिमण्डलमा समावेश गरेर शनिबार सरकारलाई पूर्णता दिएका थिए । जसअनुसार जोखबहादुर महरा आर्थिक मामिलामन्त्री,  चेतनारायण आचार्य खानेपानी, इन्द्रजित थारू भैतिक पूर्वाधार विकास, विष्णुप्रसाद पन्थीलाई स्वास्थ्य, कृष्णा केसी आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको थियो ।

    यसैगरी, दुर्गाप्रसाद चौधरी वन तथा वातावरण, जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्था, तुलसीराम शर्मा कृषि तथा भूमि व्यवस्था र चन्द्रकेश गुप्तालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    नवनियुक्त मन्त्रीहरुले आज सपथ लिनेछन ।