२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

ड्रोन उडाएर अनेरास्ववियुको महाधिवेशन सुरु, सहमतिमा नेतृत्व चयन गर्न केपी ओलीको सुझाव

मंगलवार , फाल्गुण २, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • काठमाडौं, २ फागुन । एमालेनिकट अनेरास्वियुको २३औं राष्ट्रिय महाधिवेशन सुरू भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले ड्रोन उडाएर अनेरास्ववियुको महाधिवेशनको उद्घाटन गरेका छन् ।

    महाअधिवेशनको उद्घाटनसत्रलाई अहिले अध्यक्ष ओलीले सम्बोधन गरिरहेका छन् । उनले नेतृत्व चयनमा समझदारी कायम गर्न आग्रह गरेका छन् ।

    यसअघि अनेरास्ववियु अध्यक्ष सुनिता बरालले पनि सहमतिमै नेतृत्व चयनको प्रयास गरिने बताएकी थिइन् । मतदानमा जानुपरेमा विद्युतीय मेसिन प्रयोग गरिने उनले बताएकी थिइन् ।

    महाधिवेशनले नेतृत्वसहित १९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ । आगामी नेतृत्वका लागि आरसी लामिछाने र मोती विश्वकर्मा र समिक बडालले दाबी गरिरहेका छन् ।