
बिहिवार , श्रावण १५, २०७७
महेसपुर, १५ श्रावण । महेसपुर भन्सारका कर्मचारीलाई धम्की त्रास देखाउने र बरामद मालसमानको निलामी प्रक्रियामा अवरोध खडा गर्ने स्थानिय विकी निगममाथि कार्वाहीको प्रक्रिया अगाडी बढाइएको छ ।
बरामद मालसमानको निलामी प्रक्रियामा पटक–पटक अवरोध पु¥याउने र भन्सार कार्यालयमा हुलहुज्जत गर्दै कर्मचारीलाई गालीग्लौज र धम्की दिने जिल्लाको पाल्हीनन्दन १ महेसपुर बजार बस्ने अभय कुमार निगमलाई कार्यालयले स्पष्टिकरणका लागि पत्र काटेको छ ।
पश्चिम नवलपरासीको महेसपुर छोटी भन्सार हुदै बखतदेखि अवैधानिक एजेन्टको रुपमा काम गर्दै आएका स्थानिय तस्करको नाईकेको रुपमा परिचित अभय निगम (विकी) आफनो मान्छेलाई सस्तोदाममा निलाम मिलाउन राजनैतिक शक्तिको आँडमा कार्यलयमा लखेरा केटाहरुलाई लिई हुलहुज्जत गर्ने, कर्मचारीलाई धम्की दिने र बाहिरी व्यपारीलाई निलाम बोली लगाउन नदिने जस्ता क्रियाक्लाप गर्दै आएको भन्सारका एक कर्मचारीले बताए ।
भन्सारका कर्मचारीका अनुसार व्यपारीले भन्सार गराउन ल्याउने मालसमानको कम दररेटमा भन्सार गर्न कर्मचारीलाई दबाब दिने, निलामी मालसमान आफनो दाउ पार्न कर्मचारीलाई कानुनी प्रक्रिया मिच्न दबाब र धम्की दिने जस्ता कार्य एक पटक मात्र नभई पटक पटक गर्दै आएको कर्मचारीले बताए । भन्सार नजिकै महेसपुर बजार घरभएका निगम स्थानिय तस्करहरुलाई ईलाईची, मरिच, सुपारी र मसलाका विभिन्न स–सामानको तस्करी समेत गराउन प्रोत्साहन गर्ने र सेटिङ्ग मिलाउने दाम खाने जस्ता कार्यपनि उनको मुख्य पेशा हो ।
उनको धम्की र गाली ग्लौजले भन्सारका कर्मचारी मात्र होईनन बरु विशुद्ध व्यपारीहरु पनि परिशान छन् । कामै नगरि व्यपारी र कर्मचारी संग अवैध कमिशन खान खोज्ने नदिए केटाहरु लगाएर गालीग्लौज र हुलहुज्जत गर्ने जस्ता कार्य उनी लामो समयदेखि गर्दै आएको श्रोतले जनाएको छ । पटक–पटक निगमको दुव्र्यहार सहन नसकेपछि भन्सारले यसपटक अनुसन्धानका उनालई कार्यालय बोलाउन यहि श्रावण ५ गते १५ दिने म्याद जारी गर्दै भन्सार ऐन २०६४ कसुरको कार्वाहीको सिलसिलामा पत्र काटेको छ ।
निगमलाई कार्वाहीको प्रक्रिया अगाडी बढाउदै भन्सारले काटेको पत्रको म्याद भित्र हाजिर नभए उनलाई पक्राउ गर्ने समेत भन्सारले जानकारी दिएको छ । भन्सारका अनुसार उनले कर्मचारी माथि गरेको दुव्र्यहार र चरित्र हत्याको अभियोगमा कार्वाही प्रक्रिया अगाडी बढाईने जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij