बुधवार , फाल्गुण ३, २०७९
काठमाडौं, ३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले न्यायापालिकाको काम चुस्तदुरुस्त, पारदर्शी र सबैको पहुँचमा हुनुपर्ने बताएकी छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले न्यायापालिको चुस्तदुरुस्त र पारदर्शी नहुँदा कानुनी मुद्दामा समाज विभाजित भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।
साथै उनले क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको बलात्कार आरोपको मुद्दा चाँडै टुंग्याउनुपर्ने बताइन् ।
‘सन्दीप लामिछानेको मुद्दा हेरौँ, त्यो कहिले छिनोफानो गर्छाैँ ?, यतिका समय लाग्ने हो भने आरोपितको नाम किन सार्वजनिक गरियो,’ थप प्रश्न गर्दै उनले भनिन्, ‘राष्ट्रको प्रतिनिधि भएको व्यक्तित्वको यति ठूलो मुद्दालाई सामान्य बनाउन मिल्ला ? एउटा बलात्कार आरोपीलाई राष्ट्रको प्रतिनिधि बनाउन हाम्रो नैतिकताले कसरी दियो ? यो कार्यले पीडितलाई झनै मानसिक यातनाको जोखिममा धकेलेको छ ।’
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij