२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

भैरहवा बहुमुखी क्याम्पस एमबीएमका विद्यार्थीहरुद्वारा आर्टिकल प्रेजेन्टेशन 

बिहिवार , फाल्गुण ४, २०७९

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • भैरहवा, ४ फागुन ।
    भैरहवा बहुमुखी क्याम्पस भैरहवा, रुपन्देहीले आफ्ना एम.बी.एम.मा तेस्रो सेमेष्टरका विद्यार्थिहरुलाई सहभागी गराई आर्टिकल प्रेजेन्टेशन एवं प्रोग्राम फर लिडरसीप डेभलपमेन्ट कार्यक्रम सम्पन्न गरेको छ ।

    विद्यार्थीहरुमा अनुसन्धानका बहुआयामिक ज्ञान अभिवृद्धिका लागि सम्पादन गर्न गरिएको कार्यक्रममा दुई समूहले आर्टिकल प्रेजेन्टेशन गर्दै अनुसन्धान विधि, तथ्यांक विश्लेषण, अनुसन्धानका प्राप्ति, अगामी अनुसन्धानको ढाँचा, उपायोगिता आदि विषयमा विश्लेषणात्मक ढंगबाट प्रस्तुत गरेका थिए ।

    कार्यक्रमको प्रमुख अतिथि भैरहवा बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख बाबुराम काफ्लेले विद्यार्थीहरुको यो प्रस्तुतीले कलेजको शान र मान बढेको बताए । उनले विद्यार्थीहरुको चौतर्फी उन्नयनका लागी यस्ता कार्यक्रमहरुमा क्याम्पसले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    त्यस्तै बी .बी.एम., बी.बी.ए. कार्यक्रमका निर्देशक उपप्राध्यापक डा. सहदेव भट्टले विद्यार्थीहरुलाई थप मिहिनेत गर्नुपर्ने र क्याम्पसले सहयोग गर्ने बताए । 

    एम.बी.एम. का निर्देशक दीवाकर पाण्डे, बी.एम., बी.बी.ए.का सहायक निर्देशक कृष्ण प्रसाद घिमिरे, प्रशासन प्रमुख एशोदा पाठकले कार्यक्रमको महत्व प्रकाश पार्दै प्रभावकारी अनुसन्थानका लागि अब अवलम्बन गर्नुपर्ने विधिहरुको बारेमा आफ्ना धारणाहरु राखेका थिए । 

    अनुसन्धान विधि विषयको फ्याकल्टी दीपक ढकालले कार्यक्रमको संयोजन गरेका थिए । विद्यार्थीहरुलाई अनुसन्धान कार्यमा उत्प्रेरित गर्न यसप्रकारको कार्यक्रम गरिएको साथै नेतृत्व र व्यक्तित्व विकासको लागि कार्यक्रमको संरचना बनाउन र सम्पादन गर्न विद्यार्थीहरुलाई नै उत्तरदायी बनाइएको जानकारी दिए ।

    330151403_1308909389686675_3908200599849756161_n.jpg

    दीवाकर पाण्डेको अध्यक्षता, विद्यार्थी देवानन्द चौधरीको तथा भिम भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा १८ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।