२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

जनप्रतिनिधिको भूमिका तथा जिम्मेवारीसम्बन्धी अभिमुखीकरण गोष्ठी

शुक्रवार , फाल्गुण ५, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • भैरहवा, ५ फागुन ।
    रोहिणी गाउँपालिका, रुपन्देहीको आयोजना तथा अमेमजिङ्ग सनसाइन मल्टिप्रपोजको प्राविधिक सहयोगमा शुक्रबारदेखि भैरहवामा स्थानीय सरकार सञ्चालन ऐन बमोजिम जनप्रतिनिधिहरुको भूमिका, काम, कर्तव्य, अधिकार तथा जिम्मेवारीसम्बन्धी दुईदिने अभिमुखीकरण गोष्ठी सुरु भएको छ । रोहिणी गाउँ कार्यपालिका सदस्यहरुका लागि गोष्ठी सुरु भएको आयोजकले जनाएको छ ।

    गोष्ठीमा स्थानीय तहको काम, कर्तव्य, अधिकार, सर्जमिन मुचुल्काको अवधारणा र सर्जमिन मुचुल्का तयार गर्दा ध्यान दिनुपर्ने विषयहरु, वडा कार्यालयको राजस्व व्यवस्थापन, स्थानीय तहको योजना तर्जुमा प्रक्रिया र वडा समितिको भूमिका, उपभोक्ता समिति र टोल विकास संस्था गठन तथा परिचालन प्रक्रिया, वडा समिति र वडाअध्यक्षको काम, कर्तव्य र अधिकार, विकासका अन्तरसम्बन्धित विषयहरुको कार्यान्वयनमा वडा समितिको भूमिका, बैठकको अवधारणा, बैठक व्यवस्थापन र निर्णयको मस्यौदाका विषयमा प्रशिक्षण केन्द्रीत रहने प्रमुख प्रशिक्षक दीपक ज्ञवालीले बताए ।

    गोष्ठीमा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल, कोष तथा लेखा नियन्त्रक कार्यालय रुपन्देहीका प्रमुख कोष नियन्त्रक विष्णु प्रसाद ज्ञवाली, मुख्य प्रशिक्षक दीपक ज्ञवाली, प्रशिक्षक चाणक्य अधिकारी, सुभाष ज्ञवाली र गोविन्द बस्नेतले सहजीकरण गर्ने अमेमजिङ्ग सनसाइन मल्टिप्रपोजले जनाएको छ । 

    गोष्ठीमा रोहिणी गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादव, उपाध्यक्ष शिवकान्ति हरिजन, प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतम, प्रवक्ता वीर बहादुर क्षेत्री, वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, लेखा अधिकृत कृष्ण प्रसाद ज्ञवाली, लेखा सहायक प्रकाश पछाई लगायतको उपस्थिति रहेको थियो ।