
मंगलवार , फाल्गुण ९, २०७९
भैरहवा, ९ फागुन ।
रुपन्देही प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको साविक बसन्तपुर गाविस वडा नम्बर ९ हाल ओमसतिया गाउँपालिका–४ का ४६ वर्षिय श्रीराम हरिजन रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
तत्कालित पुनरावेदन अदालत बुटवल, रुपन्देहीको २०६० वैशाख १० गतेको फैसलाअनुुुसार कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय भइ फरार रहेका हरिजनलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले बताए । डीएसपी अर्यालका अनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले हरिजनलाई उनकै घरमा फेला पारेपछि पक्राउ गरेको हो । घटनामा संलग्न भइ फरार हरिजनलाई प्रहरीले १९ वर्षपछि पक्राउ गर्न सफल भएको छ ।
फैसला कार्यान्वयनको सिलसिलामा उनलाई रुपन्देही जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराइएकोमा कैद भूक्तानको लागी जिल्ला कारागार कार्यालय भैरहवा पठाइएको रुपन्देही प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij