२०८२, भाद्र २४ गते

Sep 09 2025 | २०८२, भाद्र २४ गते

एक महिलाले जन्माईन एकैपटक तीन सन्तान

बुधवार , फाल्गुण १०, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • सप्तरी, १० फागुन । सप्तरी जिल्लाक‍ो रुपनी गाउँपालिका एक महिलाले एकै पटकमा तीन सन्तानलाई जन्म दिएकी छिन् ।


    रुपनी गाउँपालिका वडा नम्बर १ रायपुर बस्ने ओमरामकी पत्नी सरस्वती रामले एकै पटक तीन सन्तानलाई जन्म दिएकी हुन् ।

    सरस्वतीले वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार दिउँसो दुई जना छोरा र एक जना छोरी जन्म दिएक‍ो स्थानीय सन्तोष यादवले जानकारी दिएका छन । दुई छोराको तौल क्रमशः १ कलो ६६० ग्राम र १ किलो ४८० ग्राम रहेको छ भने छोरीको तौल १ किलो ६६१ किलोग्राम रहेको छ ।


    प्रसुती व्यथा लागेपछि उनलाई धरान लगिएको थियो । उनले पहिलो पटक बच्चा जन्माउँदा तीन सन्तान जन्म भएको हो ।

    एकै पटक तीन बच्चाको जन्म दिएकी सरस्वतीको परिवारलाई आर्थिक अवस्था कमजोर भएका कारण बच्चाको पालनपोषण गर्न समस्या हुने भएकोले  सहयोग गरिदिन यादवले सामाजिक संजाल मार्फत आग्रह गरेका छन् । सुधा देव / न्युज कारखाना