२०८२, भाद्र २४ गते

Sep 09 2025 | २०८२, भाद्र २४ गते

हात्तिपाइले रोगविरुद्ध अभियान आजबाट सुरु

बिहिवार , फाल्गुण ११, २०७९

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • काठमाडौं, ११ फागुन । 
    आजदेखि हात्तिपाइले रोगविरुद्ध आम औषधि सेवन अभियान सुरु हुने भएको छ । आज अर्थात ११ फागुनदेखि २५ फागुनसम्म १५ जिल्लामा हात्तिपाईले रोगविरुद्ध औषधी सेवन अभियान सुरु हुन लागेको हो । कर्णालीबाहेक ६ वटा प्रदेशका १५ जिल्लामा यो अभियान सुरु हुनेछ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ वटा प्रदेशका १५ जिल्लामा औषधी सेवन अभियान सुरु हुन लागेको हो ।  जसअनुसार प्रदेश १ को झापा, मोरङ, मधेश प्रदेशका धनुषा तथा महोत्तरी, रौतहट, सर्लाही, बारामा सो औषधी सेवा अभियान सुरु हुनेछ ।

    त्यसै गरी, बाग्मती प्रदेशको रसुवा तथा गण्डकी प्रदेशको लम्जुङ, पर्वत, बाग्लुङ र लुम्बिनी प्रदेशको कपिलवस्तु, बाँके, दाङ र सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लामा सो अभियान सुरु हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

    मन्त्रालयको अनुसार तालिम प्राप्त स्वास्थ्यकर्मीले वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, बिद्यालय, सहकारी, धार्मिकस्थल आदिमा बुथ राखी यो औषधी खुवाइनेछ ।