२०८३, बैशाख २१ गते

May 04 2026 | २०८३, बैशाख २१ गते

भारतीय साईकलयात्रीलाई बुटवलमा स्वागत 

बिहिवार , फाल्गुण ११, २०७९

  • 4.3K
    Shares
  • 4.3K
    Shares
  • बुटवल, ११ फागुन ।
    भारतको राजधानी दिल्लीबाट नेपालको राजधानी काठमाडौंसम्मको १ हजार ४४ किलोमिटर साईकल यात्रामा निस्किएका ७ जना साईकलयात्रीलाई बिहीबार बुटवलमा स्वागत गरिएको छ । बिहीबार बिहान दाङको लमहीमा हिंडेको साईकलयात्रीहरु साझ बुटवल आइपुगेका हुन् । यात्रालाई पथिल ट्राभल र सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीले सहयोग गरेको छ । २० फेब्रअरीमा दिल्लीस्थित इण्डिया गेटबाट सुरु भएको साईकल यात्रा २५ फेब्रअरीमा नेपालको राजधानी काठमाडौं पुग्ने लक्ष्य रहेको छ ।

    बुटवलमा सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका निर्देशक महेन्द्र न्यौपाने र म्यानेजर केशव बस्याल, रुपन्देही जिल्ला लन टेनिस संघका अध्यक्ष गोपाल ज्ञवाली, जिल्ला साईक्लिङ संघका उपाध्यक्ष अभिषेक भारी, बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठ, सचिव राजु तिवारीले उनीहरुलाई खादा र फूलमालाले स्वागत गरेका थिए । यसैबीच उनीहरुले आफनो यात्राको बारेमा समेत अनुभव सुनाए । २ अफिसियलसहित ९ जनाको टीम रहेका छन् । आयोजक द पेडलर्सका रभिन्दर सिंह ओभरायले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन साइकलयात्रा सुरु गरिएको बताए । 

    सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका निर्देशक महेन्द्र न्यौपानेले साईकलयात्रीहरुलाई स्वागत गर्दै पर्यटन विकासको आधारको रुपमा यो कार्यक्रम उत्कृष्ट भएको बताए ।

    जिल्ला साईक्लिङ संघका उपाध्यक्ष अभिषेक भारीले पर्यटनलाई साईकल अभियानमा जोड्नुपर्ने सुझाव दिए । आयोजक टीमका जसप्रीत सिंहका अनुसार यो साईकल यात्रामा भारतका विभिन्न शहरबाट सहभागीमध्ये एम्बेसडरका रुपमा कनवर गिल सहभागी छन् भने अन्य सहभागीमा मेघा जैन, विनिता शर्मा, डाक्टर मुस्तफा, डाक्टर राहुल, आसिफ मल्वासी र रबिन्दर कुमार सिंह छन् । २ अफिसियलसहित ९ जनाको टीम शुक्रबार बिहान ६ बजे चुम्लिन्टार बास बस्ने गरी हिंड्नेछन ।