२०८२, भाद्र २३ गते

Sep 08 2025 | २०८२, भाद्र २३ गते

पशुपति कलेजमा अन्तरकक्षा हाजिरीजवाफ प्रतियोगिता

शुक्रवार , फाल्गुण १२, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • भैरहवा, १३ फागुन ।
    पशुपति कलेजले अन्तरकक्षा हाजिरीजवाफ प्रतियोगिता गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १६ स्थित कोटिहवामा रहेको कलेजले स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुबीच शुक्रबार प्रतियोगिता गरेको हो । 

    २०६२ सालमा त्रिभुवन विश्वविद्यालयबाट मान्यताप्राप्त उक्त कलेज सामुदायिक कलेज हो । स्थापना कालदेखि आफ्नो छुट्टै पहिचान बनाएको कलेजले वार्षिक शैक्षिक क्यालेण्डरअनुसार अतिरिक्त क्रियाकलापहरु गर्दै आएको छ ।  कार्यक्रममा बोल्दै कलेजका उपाध्यक्ष लीलाबल्लभ गैरेले सिकाइका विभिन्न ज्ञान मध्ये बौद्धिक ज्ञानको लागि कलेजले हाजिरीजवाफ कार्यक्रम गरेको बताउँदै कलेजले आयोजना गरेका प्रतियोगितामा सहभागी हुन विद्यार्थीहरुलाई आग्रह गरे ।

    कलेजका सहायक प्रमुख जितबहादुर राजकोटीले कलेजले खेलकुद, वक्तृत्वकला, हाजिरीजवाफ प्रतियोगिता गर्दै विद्यार्थीमा भएको अन्तरनीहित प्रतिभा प्रस्फुटनमा सहयोग गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।

    हाजिरीजवाफ प्रतियोगिताबाट बी एड तेस्रो वर्षका विद्यार्थीको समूह प्रथम, बीबीएस प्रथम वर्षका नेपाली मिडियमका दोस्रो र बीबीएस प्रथम वर्षका अंग्रेजी माध्यमका विद्यार्थी तृतीय भएका थिए ।