शनिवार , फाल्गुण १३, २०७९
भैरहवा, १३ फागुन ।
रुपन्देहीको ओमसतिया गाउँपालिकाका नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले पालिकाको समग्र विकासका लागि आफू लागिपर्ने बताएका छन् ।
गाउँपालिकामा नयाँ जिम्मेवारीका साथ मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय लुम्बिनी प्रदेश दाङबाट सरुवा भइ आएका क्षेत्रीले कार्यालयमा आयोजित स्वागत कार्यक्रममा राज्यले दिएको अधिकारको प्रयोग, नीति नियमको अधिनमा रहि काम गर्ने उल्लेख गरे ।
प्रमुख प्रशासकीय अधिकृत क्षेत्रीलाई स्वागत गर्दै गाउँपालिका अध्यक्ष मन्जित कुमार यादवले गाउँपालिकाको योजना नीतिअनुसार काम गरी पालिकालाई समुन्नत बनाउने गरी काम गर्न आग्रह गरे । उनले विशेष गरी विकाश निर्माणका कामको गुणस्तरमा ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिता चौधरी, वडा नम्बर ५ काअध्यक्ष एवं प्रवक्ता मदन प्रसाद पोख्रेल, विभिन्न वडाका वडाअध्यक्ष, शाखाका अधिकृत तथा कर्मचारी लगायतले क्षेत्रीलाई स्वागत गरेका थिए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij