images

शुक्रवार, बैशाख ७ गते २०८१

युनिभर्सल पिस केन्द्र निर्माणका लागि एकरुपैयाँ अभियानमा कुलमानको ऐक्यवद्धता

युनिभर्सल पिस केन्द्र निर्माणका लागि एकरुपैयाँ अभियानमा कुलमानको ऐक्यवद्धता

images
images
images
बुधवार, पौष १५ २०७७
बुधवार, पौष १५ २०७७
  • युनिभर्सल पिस केन्द्र निर्माणका लागि एकरुपैयाँ अभियानमा कुलमानको ऐक्यवद्धता

    भैरहवा, १६ पुस ।
    नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले लुम्बिनीमा भइरहेको ‘महासिद्ध स्यानचुरी फर युनिभर्सल पिस’ केन्द्र निर्माण अभियानमा ऐक्यवद्धता जनाएका छन् ।

    images
    images
    images

    नेपालमा एक व्यक्ति १ रुपैयाँ र विदेशमा एक व्यक्ति १ अमेरिकी डलर दान अभियान चलाएर केन्द्रका संरचना निर्माण भइरहेको छ । लुम्बिनीमा बुधबार भएको कार्यक्रममा निवर्तमान कार्यकारी निर्देशक घिसिङले केन्द्रका परिकल्पनाकार श्यालपा रिन्पोचेलाई एक रुपैयाँ दान दिएर अभियानमा ऐक्यवद्धता जनाएका हुन् । घिसिङले केन्द्रको स्थापना विश्व शान्तिका लागि महत्वपूर्ण भएकाले निर्माणमा अपनत्व लिएर आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न समेत आग्रह गरे । उनले कोभिड–१९ का कारण पर्यटन क्षेत्रमा असर परेको बताए । सरकारले लुम्बिनीको विकासको लागि काम अगाडी बढाएको बताए ।

    कार्यक्रममा पत्रकार चेतन पन्तले एक अमेरिकी डलर र उनको श्रीमती गंगा पन्तबाट ५ अष्टे«लियन  डलर प्रदान गरिएको थियो । त्यस्तै पत्रकार शिव डुम्रेले एक रुपैयाँ मुठ्ठिदान गरेका थिए ।

    यो अभियानमार्फत प्राप्त हुने योगदान बुद्ध जन्मस्थल लुम्बिनीमा बनाइँदै गरेको महासिद्ध स्यानचुरी फर युनिभर्सल पिसको निर्माण र विकासमा लगाइनेछ ।  यो अभियान गत कात्तिकमा सुरु गरिएको थियो । पिस स्यानचुरी लुम्बिनीमा बन्दै गरेको विश्वस्तरीय (वल्र्ड क्लास) दुई हजार बढी सहभागि अटाउने सभा तथा सम्मेलन कक्षहरु, बुद्ध शान्ति पुस्तकालय र संग्रहालय, ध्यान कक्षहरु, बुद्ध विहार, गुम्बा सम्मिलित अत्याधुनिक केन्द्र हुनेछ ।

    आगामी ३ वर्षभित्रै निर्माण सम्पन्न हुने गरी काम भइरहेको र केन्द्रको निर्माणपछि विश्वका विभिन्न ठाउँमा भइरहेका र हुने द्वन्द्व समाधानका लागि वार्ता गर्ने थलो लुम्बिनी बनोस् भन्ने प्रयास गरिने केन्द्रका परिकल्पनाकार स्यालपा रिन्पोचेले बताए ।

    पिस स्यानचुरी बनाउन चीन, जापान, कोरिया, मलेसिया लगायत विभिन्न देशका दानी तथा धनाध्यहरुले एक्लै दान गर्न चाहना राखेको भए पनि यसको निर्माणमा नेपाल र विश्वका हजारौं श्रद्धालुहरुको व्यापक सहभागिता र अपनत्व रहोस् भनेर एक रुपैयाँ वा एक डलर अभियान सुरु गरिएको रिन्पोचेले बताए । 

    लुम्बिनी अहिलेसम्म गौतमबुद्धको पावन जन्मभुमिको रुपमा परिचित भए पनि आगामी दिनमा यो भुमिलाई साँचो अर्थमा शान्तिको मुहान/केन्द्रका रुपमा समेत परिचित गराउन सबै मिलेर काम गर्न आवश्यक रहेकोमा रिन्पोचेले जोड दिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij