२०८३, कार्तिक २४ गते

Nov 10 2026 | २०८३, कार्तिक २४ गते

कार्तिक २५ गते गल्लामण्डीमा भगवती रात्री जागरण हुँदै

मंगलवार , कार्तिक २४, २०८३

  • 130
    Shares
  • 130
    Shares
  • भैरहवा, २४ कार्तिक । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ स्थित गल्लामण्डी (मिलनचोक) मा कार्तिक २५ गते बुधबार (भोली) विशाल माँ भगवती रात्री जागरण हुने भएको छ । श्री श्री लक्ष्मी पूजा समिति, मिलनचोक, गल्लामण्डी भैरहवाको आयोजनामा बुधबार साँझ ७ बजेदेखि जागरण सुरु हुनेछ ।

    आयोजकले मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी रात्री जागरणबारे जानकारी गराएका हुन् ।

    पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष अजय सोनीले जागरणमा भारतबाट आएका सन्नी जगरता परिवारको विशेष प्रस्तुति रहने जानकारी दिनुभयो । त्यस्तै, साहिल एण्ड आशिष झाँकी ग्रुप प्रयागराज र अघोरी झाँकी ग्रुप कानपुरकोसमेत प्रस्तुति रहने उहाँले बताउनुभयो । रात्री जागरणसँगै भण्डाराको पनि आयोजना गरिएको उहाँको भनाइ छ । उहाँले कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गर्नुभयो ।

    कार्यक्रम सञ्चालनका लागि युनिक साउण्ड र टेन्ट व्यवस्थापनको जिम्मेवारी जगदम्बा लाइटले लिएको आयोजकले जनाएका छन् ।

    विगतका वर्षझै यस वर्ष पनि रात्री जागरणलाई भव्य रूपमा सम्पन्न गर्ने तयारी भइरहेको युवा समाजसेवी तालकेश्वर कान्दुले बताउनुभयो । उहाँका अनुसार गल्लामण्डीमा पहिलोपटक वि.सं. २०५९ सालदेखि रात्री जागरण आयोजना गर्न थालिएको हो ।

    समितिका सल्लाहकार आनन्द प्रसाद गुप्ताले धर्म तथा संस्कृतिको संरक्षण गर्ने उद्देश्यले स्थानीय युवाहरूको अग्रसरतामा हरेक वर्ष कार्यक्रम आयोजना हुँदै आएको बताउनुभयो । उहाँले यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।