२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भरूवा बन्दुकसहित दुई जना पक्राउ

आइतवार , फाल्गुण १४, २०७९

पाल्पा, १४ फागुन । रिब्दिकोट गाउँपालिका-६ ठिमुरेस्थित जंगलबाट एकनाले भरुवा भन्दुक १ थान, करिब १ सय ग्राम बारुद, फलाम र सिसाका टुक्राहरुसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा  तिनाउ गाउँपालिका-६ बस्ने ५७ वर्षीय निर बहादुर सारु र उनकै छोरा २८ वर्षीय टिकाराम सारु रहेका छन् । उनीहरू उक्त जंगलमा सिकार खेल्न गएको भन्ने सूचनाको आधारमा प्रहरी चौकी हार्थोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहतियारसहित फेला पारी पक्राउ गरेको हो ।